काठमाडौं– पाकिस्तानमा विमान दुर्घटना भएको छ ।

पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हो ।

पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार थिए ।

घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन । तर पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद बाज्वाले भने ‘महत्वपूर्ण जीवनहरु गुमेको’ भन्दै समवेदना दिएका छन् ।

उक्त विमान लाहोरबाट कराँचीका लागि आएको थियो । अहिले घटनास्थलमा उद्धारकर्ता पुगेका छन् । उद्धारकर्ताहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ ल्याइरहेको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ ।

पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन् खुला गरेर भर्खर उडान शुरु गरिएको थियो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।