सुर्खेत। गंगामाला स्वाबलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाले वेबसाइट सञ्चालनमा ल्याएको छ। संस्थाको मुख्य कार्यालय छिञ्चुमा शनिवार एक कार्यक्रमको आयोजना गरि वेबसाइट सार्वजनिक गरिएको हो।

एकदशक भन्दा लामो इतिहास बोकेको सहकारीले विश्व बजारमा आफ्नो उपस्थिती देखाउन वेबसाइट निर्माण गरिएको संस्थाका अध्यक्ष यज्ञप्रसाद ढकालले बताए। संस्थाको वेबसाइट चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले निर्माण गरेको हो।  संस्थाको वेबसाइट http://www.gangamalasaccos.org मा संस्थाले प्रवाह गर्ने सेवा लगायतका विवरणहरु राखिएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष ढकाल र चिया मिडिया एण्ड टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत दीपक रेग्मी (सूर्यदीप)ले वेबसाइट निर्माण तथा ५ वर्षे प्राविधिक सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरे।

वेबसाइट सार्वजनीकिकरण कार्यक्रममा संस्थाका व्यवस्थापक हिरालाल घर्तिले संस्थालाई वेबसाइटको आवश्यकता यस्को महत्वबारे प्रकास पारेका थिए। कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, सदस्यहरु र कर्मचारीहरुको उपस्थिती थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।