सुर्खेत। चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लिले तीज विशेष फोटो प्रतियोगिता शुरु गरेको छ। हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर चिया मिडियाको फेसबुक पेज मार्फत प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीलाई नगद रु. २५ सय पुरस्कार दिइने आयोजक चिया मिडियाले जनाएको छ। प्रतियोगितामा सहभागी हुन महिला दिदीबहिनीहरूले साडी, कुर्ता वा लेहेंगा लगाएको पूर्ण कदको फोटो चिया मिडियाको आधिकारिक फेसबुक पेज मा पठाउनु पर्नेछ।

प्रतियोगितामा सहभागी हुन भदौ ८ गते बेलुका ५ बजे सम्म फोटो पठाइसक्नु पर्ने व्यवस्था रहेको चिया मिडियाले बताएको छ। प्रतियोगिताको नतिजा भने भदौ २९ बेलुका ५ बजे चिया मिडियाको आधिकारिक फेसबुक पेज मार्फत प्रकाशन हुनेछ।

प्रतियोगिताबारे थप जानकारीका लागि तलको लिंक क्लिक गर्नुहोस्।

चिया तीज विशेष फोटो प्रतियोगिता-२०७७

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।