कालिकोट। साझा पार्टीको युवा सङ्गठन, साझा युवा सङ्गठनका केन्द्रीय सदस्य टङ्क जैसीले कोरोनाको शीर्षकमा भएको खर्च विवरण माग गरेका छन्। नागरिकको सूचनाको हक सम्बन्धी अधिकारको प्रयोग गर्दै जैसीले सोमवार जिल्ला समन्वय समितिको कार्यालय कालिकोटसँग खर्च विवरण माग गरेका हुन।

जैसीले जिल्ला भित्रका सम्पूर्ण स्थानीय तहले कोरोनाको शीर्षकमा गरेको खर्च लकडाउनका अवधीमा नागरिकलाई दिइएको राहत विवरण माग गरेका छन्। उनले कोरोना प्रतिकार्यका लागि क्वारेन्टाइन र आइसोलेसन निर्माणका बिल भर्पाई र विभिन्न चरणमा जिल्ला समन्वय समिति र स्थानीय तहहरूले कोरोना प्रतिकार्यका लागि गरेका निर्णयहरूको प्रतिलिपि समेत उपलब्ध गराउन माग गरेका छन्।

जिल्ला समन्वय समिति कालिकोटसँग सूचना माग गर्ने जैसी कालिकोटकै स्थानीय वासिन्दा समेत हुन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।