काठमाडौं।काठमाडौं आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल अहिले ओमानसँग भिड्दै छ।

शृंखलाको तेस्रो खेलमा नेपाल ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा ओमानले टस जिते र नेपाललाई ब्याटिङको निम्ता दिएको हो।

पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले हारेको थियो। शनिबार (हिजो) भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।