चितवन। सीएमसी चितवन प्रिमियर लिगमा राप्ती ‍र्यापिड्सले लगातार दोस्रो जित हात पारेको छ। लिग अन्तर्गत अन्तर्गत सोमबार भएको पहिलो खेलमा सौराहा स्यान्ड्सलाई पराजित गर्दै राप्तीले दोस्रो जित हात पारेको हो।

नारायणगढको क्याम्पाचौरमा सम्पन्न खेलमा राप्तीले सौराहालाई ७ विकेटले पराजित ग‍र्यो। सौराहाले दिएको १११ रनको सामान्य लक्ष्य राप्तीले १६ दशमलव ४ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा ग‍र्यो। राप्तीको जितमा हरिबहादुर चौहानले अर्धशतकीय पारी खेले। उनले ४३ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले खराब सुरुवात गरेको थियो। सौराहाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन मात्र बनाएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।