छिन्चू । भेरीगंगा नगरपालिका सुर्खेतले २०७७ भदौ १ गते साँझ ७ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म नगरभित्रका मुख्य बजार क्षेत्र बन्दको आव्हान गरेको छ ।

कोभिड-१९ को संक्रमणका कारण समुदायमा जोखिम बढ्न सक्ने कुराको आंकलन गर्दै सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीद्वारा जारी सूचनामा जनाइएको छ ।

उक्त अवधिमा छिन्चु, रामघाट, जहरे र झिङ्नी बजार बन्द गरी सहयोग पुर्याउन व्यवसायीहरुलाई अनुरोध गर्दै अति आवश्यक कार्य/सेवा बाहेक घर बाहिर ननिस्कन र हिंडडुल लगायतका भिडभाड नगर्न समेत नगरवासीलाई अनुरोध गरिएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।