पाकिस्तानका प्रजातान्त्रिक नेता जुल्फिकार अलि भूट्टाेलाई त्यहाँकाे सैनिक तानाशाह जियाउल हकले फाँसी दिएकाे विरुद्धमा नेपालका प्रजातन्त्रका हिमायती त्रिभुवन वि वि का सवै प्रकारका विद्यार्थिहरु आक्रोशित भै २०३६ जेष्ठकाे सुरुमै नेपालमा रहेकाे पाकिस्तानी राजदुतावासमा नारा लाउँदै विराेधपत्र दिन विद्यार्थीको विशाल जुलुश जाँदै थियाे तत्कालिन नेपालकाे पंचायती तानाशाही प्रजातन्त्र विराेधि सरकारकाे  आदेशमा नेपाल प्रहरीले त्याे जुलुशलाई राेक्याे । लाठिचार्ज गर्याे र गाेली समेत चलायाे र विद्यार्थीहरुको भागाभाग भयाे, फेरि विद्यार्थीहरु काठमाण्डुकाे भूगाेल पार्कमा जम्मा भएर याे सरकार पनि प्रजातन्त्र विराेधि हाे, यसकाे विरुद्धमा आन्दोलन गरि पन्चायति व्यवस्थानै फ्याँक्ने र प्रजातन्त्रकाे पुनर्स्थापना गर्नु पर्छ भनी आन्दोलनको घाेषणा गरेपछि त्यस आन्दोलनमा शिक्षक, विद्यार्थी, स्वास्थ्य कर्मी, अन्य कर्मचारी, व्यापारी, विभिन्न व्यवसायी, महिला, युवा, सवै राजनैतिक दल, जेष्ठ नागरिक, समाजसेवी, वुद्धिजिवी र कानुन व्यवसायीहरु सवै सहभागी भएर सरकारले थेग्नै नसक्ने अवस्था आएपछि राजा वीरेन्द्रले २०३६/ ०२/१० गते “वहुदलीय व्यवस्था कि सुधारिएकाे निर्दलीय पंचायति व्यवस्था” २ मध्ये १ राेज्नकाे लागि जनमत संग्रहकाे घाेषणा गरे ।

यसले काठमाण्डुमा त आन्दोलन राेकियाे तर त्यतिवेला अहिलेको जस्ताे संचारकाे राम्राे सुविधा नहुँदा पंचायति व्यवस्था विराेधि आन्दोलनको लहर फैलँदै गयाे र नेपालका दूर दराजका जिल्लाहरुमा फैलँदै जाने क्रममा पूर्वी सुर्खेतकाे भेरी किनार २०३६ जेठ ११ देखि आन्दोलनहरु हुन थाल्याे र यस दशरथपुरमा जीवन ज्याेति मा.वि.का शिक्षक यज्ञवहादुर रेग्मी, गाेविन्द वहादुर जीसी, खड्ग वहादुर घर्ती ( रामघाट), टिकाराम आचार्य प्रअ शिखर प्रावि रामघाट, शि. भक्त व ज्ञामी, शि. तुल्सी प्रसाद आचार्य, शि. वेलवहादुर प्रदिप्त विद्यार्थी हर्ष वीर देवकाेटा, डण्डपाणी आचार्य, टिकाराम सुवेदी आदिको संयुक्त प्रयासले मिति २०३६/०२/१३ र १४ गते दशरथपुर र रामघाटमा पंचायत विराेधि आन्दोलन भयाे । यसमा अभिभावक गाेकर्ण खड्का, लाल व रेग्मी, छविलाल वली, शिक्षक नर वहादुर थापा, कर्मचारी समर वहादुर थापा, भिमराज पंगालीकाे पनि साथ र समर्थन राम्राे थियाे ।

यसै विचमा आन्दोलन सकिएपछि दशरथपुर ८,९ र १० कक्षामा पढ्ने छिन्चु घर भएका हर्षवीर देवकाेटा, शेर वहादुर खत्री लगायत ५ जना विद्यार्थीलाई सिडियाे टेक वहादुर खत्रीले रामघाट वजारमा पक्राउ गर्याे भन्ने सुने पछि जुलुश पनि सक्रिय भै रामघाट वजारमा पुगेर सिडियाेलाई हाँक दिएपछि उसले ती विद्यार्थीलाई छाेडी दियाे ।

२०३६/०२/१५ गते दहचाैर, गुमी, लेखफर्सा र दशरथपुरका किसान, शिक्षक, विद्यार्थी, व्यापारी, महिला, वुद्धिजिवी, समाजसेवी सबै सम्मिलित रहेकाे करिव ५००० जनाकाे जुलुश कम्मरमा २ दिन जतिलाई पुग्ने गरि राेटी र अचार वाँधेर विरेन्द्रनगर गई सिडियाे र  पंचे नेेेताहरुकहाँ पंचायती व्यवस्था समाप्त गर्ने कार्य अगाडि वढाउन प्रतिवद्धता गराई, केन्द्रसम्म मागहरु पुुरयाउन लगाउने गरि दशरथपुर बजारमा आई त्यहाँवाट अगाडि वढ्न खाेज्दा पंचे गुण्डा नेताहरुकाे सल्लाहमा कुनै हालतमा पनि अगाडि वढ्न नदिनु भन्ने सिडियाे टेक वहादुर खत्रीले प्रहरी असई गगन वहादुर खड्कालाई दिई निज असईकाे साथमा केही पुलिस दशरथपुर बजारकाे वाटाे किनारमै रहेकाे कृषि केन्द्रकाे फार्म प्रवन्धक तेजप्रसाद गिरीकाे क्वार्टरमा लुकी लुकाई राखेका हतियारधारी प्रहरीहरुले अन्धाधुन्द गाेली चलाउँदा, विद्यार्थी ईन्द्र विसी चाेल्पा, किसान व्रह्मदत्त तिवारी लेखफर्सा, लालवीर टमटा लेखफर्सा, न्याउले कामी लेखफर्सा, वहादुर लावने लेखफर्सा, कर्ण वहादुर खत्री पाैडेल लेखफर्सा, हस्त वहादुर सार्की रामघाट गरि ७ जनाले प्रहरीकाे गाेली लागि सहादत प्राप्त गर्नुभयाे । अरु जुलुशका सहभागीहरु काेही पक्राउ पर्नुभयाे, कति भागी बेपत्ता र भूमिगत हुनु पर्नेभयाे, ८/९ महिनासम्म जनताले प्रहरीकाे वर्वरता सहनुपर्याे । यस्ताे नराम्राे ज्यादती सुर्खेती जनताले कहिल्यै भाेग्नु परेकाे थिएन । (क्रमश:)

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।