सुर्खेत । आजसम्म कर्णाली प्रदेशमा २,७८६ जना पुष्टि भएका कोरोना संक्रमित रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ । आइतबार जारी नियमित प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतका ५ जना सहित जम्मा १० जना संक्रमितहरुको थप पुष्टि भएको छ ।

हालसम्म संक्रमणबाट निको भई डिस्चार्ज भएर जानेको संख्या २,५०५ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ११० जना डिस्चार्ज भई घर गएका छन् । यसैगरी हालसम्म यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भई यसका कारण मृत्यु हुनेको संख्या ६ जना रहेको जनाइएको छ । यससँगै कर्णाली प्रदेशका विभिन्न आइसोलेसनमा रहेका तथा रहने क्रममा रहेका सक्रिय बिरामीको संख्या भने २७५ रहेको छ ।

हेर्नुहाेस् पूर्ण विवरण

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।