छिञ्चु । भेरीगंगा नगरपालिका सुर्खेतले आज रातिदेखि छिञ्चुबजार र आसपासका क्षेत्र एक हप्ताका लागी बन्द गर्ने भएकोे छ । पछिल्लो समयमा बजारक्षेत्रमा मानिसहरु अनावश्यक आवतजावत तथा जथाभावी भेला जम्मा हुने गरेको पाइएकोले कोरोना भाइरसको सम्भावित जोखिम न्युनीकरण गर्न भन्दै बन्द गर्नु परेको बताइएको छ ।

आज राति १२ः०० बजेदेखि मिति २०७७ भदौ ३० गतेसम्मका लागी पूर्वमा चिप्ले, पश्चिममा भेरी पुल, उत्तरमा राताचौर र दक्षिणमा हर्रे क्षेत्रभित्र औषधी पसल बाहेक आवतजावत गर्न नपाइने गरी बैंक तथा वित्तिय संस्था समेत बन्द रहने नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।

कोरोना भाइरस रोग समुदायमा फैलन सक्ने भएकोले यसलाई समयमै नियन्त्रण गरी महामारी हुन नदिन सबैले स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्न आवश्यक रहेको नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले बताउनु भयो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।