अमेरिकास्थित K & A Engineering Consulting, P.C. ले दुई ठुला र मुख्य आयोजनाहरु Central Maine Power Company र USAID’s अन्तर्गत SURE II हात पार्न सफल भएको छ ।

यस कम्पनीले मुख्यतः विद्युतिय ऊर्जामाथि अहिलेको नयाँ प्रविधी प्रयोग गरी वैकल्पिक ऊर्जासंग सम्बन्धित आफ्नो प्राविधिक, प्रशासनिक तथा सम्पूर्ण निर्माण कार्य सहितको सेवा दिने गर्दछ । सन् २०१६ मा अमेरिकामा स्थापना भएको सो कम्पनीले एक मिलियन डलरबाट आफ्नो कारोवार शुरु गरी २०२० को अन्त्यसम्म करिब पच्चीस मिलियन डलरसम्मको कारोवार हुने अपेक्षा गरिएको उक्त कम्पनीका अध्यक्ष एवम् सिइओ ई. पूर्ण खरेलले बताए ।

कोभिड १९ को महामारीको समयमा पनि उल्लेख्य प्रगति गरेको यस कम्पनीले आगामी दिनहरुमा अमेरिकासहित विश्वका अन्य देशहरुमा USAID को मूल्य र मान्यतालाई आत्मसात् गर्दै ऊर्जासंग सम्बन्धित सेवा सुविधा बिस्तार गर्ने लक्ष्य राखेको छ ।

अवसरमाथिको द्रुत आक्रमण नै आफ्नो कम्पनीको सफलताको रहस्य बताउने इन्जिनियर खरेलले आफ्नो जन्मथलो सुर्खेतमा हरेक वर्ष गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै विभिन्न सामाजिक कार्यमा समेत आर्थिक सहायता उपलब्ध गराउँदै आएका छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।