काठमाण्डौं। सरकारले आज बिहीवारदेखि सवारी पास वितरण बन्द गरेको छ। गृहमन्त्रालयले बुधवार सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो।

गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएको निर्देशनमा कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न नगराउन अनुरोध गरिएको छ। गृहको निर्देशन प्राप्त भए लगत्तै बिहीवारदेखि जिल्ला प्रशासन कार्यालयहरुले सवारी पास दिन बन्द गरेका छन्।

गृहको यो निर्देशनसँगै अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान नपाइने भएको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले सवारी सञ्चालन तथा आवतजावतमा कडाइ गरेको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।