मेरा यिनै हातले आगो लगाएर आए
आफ्नो प्राणलाई खरानी बनाएर आए

कति दियौ माया मलाई दुस्खमा हाँस्न सिकायौ
अर्ध मेरो जिन्दगिलाई पुर्णतामा बाच्न सिकायौ

दुस्ख कष्ट आफै सहेर गुलाव फुल झै फुलायौ
लाखौ जन्जिर तोडेर सुख सयलमा भुलायौ

पलपल पियौ आशु त्यसैले प्यास मेटायौ
मेरो सुखिको खातिर रुदा रुदै चिरनिन्द्रा निदायौ

जिउने धड्कनलाई घाटमा दवाई आए
पुर्ण मेरो जिन्दगि आधा बनाई आए

मेरा यिनै हातले आगो लगाएर आए
रुँदा रुँदै अन्तिमसम्म खरानी पनि बगाएर आए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।