• एलबी ठकुरी

खुशी पाए दोकानमा म किनिदिन्थे
रहर ,पसिना बेची म किनिदिन्थे।

जिउन बिना बन्धन मिल्ने भए
आजादी, तोडि जञ्जाल म किनिदिन्थे।

झेल्न दुनियाँको स्वार्थ नपर्ने भए
मुस्कान, मोल नगरी म किनिदिन्थे।

भित्र बैरी साथीको देखिने भए
मित्रता, महँगो उसको म किनिदिन्थे।

म भित्र तिम्रो खुसी मिल्ने भए
साइनो, बन्धकी राखी म किनिदिन्थे।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।