– एल.बि. ठकुरी


एक हुल सपनाहरु
यसरी बुर्कुसी मार्थे
सायद गट्टा खेल्न
सायद गुच्चा खेल्न
भन्दा बढी रोएर किनै नहोस
बाआमाको माया हेर्न

अर्को हुल सपनाहरु
थिए र पक्कै अनि त
आधी तुफान भैदिन्थे
उद्देश्य थिए कि
लक्ष्य थिए कि
भनौ सपनाहरुका
ताकत थिए या
उर्जा थिए

थिए सपनाहरुका सपना
छेक्नु थियो सुर्यको राप
र पगाल्नु थियो
र उभ्याउनु थियो
सपनाको एउटा सपना

सपनाहरुको
सायद युग हुन्छ
मिठो बैँस हुन्छ
अनि बुर्कुसी मारे
कहिले बतासिए
आखिर किन थकित
गलित अनि निरास
होलान धेरै सपनाहरु

बस यति त पक्का छ
सपनाहरु बुढा हुँदै हुन्न
आफनै लय र गतिमा
एकदिन अवस्य
नयाँ बस्ती बसाउने छन
बसाइँ सर्ने छन तर
गन्तव्य चुम्ने छन्
सपना देख्नेहरुको
जय होस।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।