छिन्चु। स्थानीय समुदायमा कोभिड-१९ रोकथाम तथा जनचेतना अभिवृद्धिका लागि लायन्स क्लब अफ सुर्खेत छिन्चुले मास्क तथा स्यानिटाइजर वितरण गरेको छ। कोभिड-१९को संक्रमण दर बढ्दै गरेको र यस्लाई न्यूनिकरण गर्न भन्दै मास्क तथा स्यानिटाइजर वितरण गरिएको हो।

कार्यक्रममा आवश्यक मास्कहरु क्लबका सदस्य लायन विद्या खत्रीले, स्यानिटाइजर क्लबका प्रथम उपाध्यक्ष प्रेम सिंह ठकुरी तथा सदस्य लायन सीता खनालले र ग्लोब्सहरु जिल्ला सदस्य लायन उपेन्द्र गौतमले उपलब्ध गराएका थिए ।

भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम क्लबका अध्यक्ष लायन पवित्रा खड्काको अध्यक्षतामा संचालन भएको थियो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।