काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दाबन्दी (लकडाउन्) तथा यसले पारेको प्रभावबारे छलफल गर्न विज्ञ समूहलाई बोलाएका छन् ।

छलफलका लागि बुधबार (आज) अपराह्न ४ बजे स्वास्थ्य, अर्थ, सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई प्रधानमन्त्री सरकारी निवास बालुवाटार बोलाइएका छ ।

बन्दाबन्दीबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
“बन्दाबन्दीको मोडालिटी मात्रै होइन । यसको इम्प्याक्टमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीले राष्ट्रका नाममा संबोधन गर्ने क्रममा नै विज्ञ समूहसँग कन्सर्ल्ट गर्ने कुरा गर्नुभएको थियो । त्यसैको शुरुवात हो ।” थापाले भने ।

छलफलमा स्वर्णिम वाग्ले, डा. भगवान् कोइराला, ड. लोचन कार्कीलगायतको समूहलाई डाकिएको छ । सरकारले बन्दाबन्दीको मोडालिटी परिवर्तनको तयारी गरिरहेको छ ।

मोडालिटीको जिम्मेवारी मन्त्रिपरिषद्ले कोभिड १९ उच्चस्तरीय समन्वय समितिलाई दिएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।