– डिकेन्द्र ढकाल

वहाँ मगनमस्त मुन्छे। ऐले असी कटिसक्नु भयो ! वहाँका बैँसका त कुरै छोडौँ; अझै पनि जिन्समाथि लेदर ज्याकेट भिरेर नाडी र गलामा मोटामोटा सिक्री लगाएर डुल्नुहुन्छ ।

आज कुरैकुरामा मेरो पिताजीले वहाँकै जुगका वहाँकै कुरा सुनाउनुभयो:

आजभन्दा ६० – ७० बर्ष अगितिरको कुरा होला ! वहाँ नेपालगन्ज पढ्न जानुभएको रहेछ । बिदामा घर फर्केर गाउँ (सुर्खेतमा) आउँदा आफू चुइँया मान्छे भए पनि केही पाथी बदाम ल्याउनु भएछ।

वहाँ झिल्के मान्छे भएकोले वहाँ गाउँ पुगेको हल्ला हुने भइहाल्यो । सहरबाट फर्केको मुन्छेले त्यो बेला के ल्याएको छ, के कस्ता नयाँ कुरा सुनाउँछ भनेर सुन्ने रहर पनि हुने ।

मन परेका महिला र वहाँलाई साख्य लाग्ने व्यक्तिहरुलाई एक दिन आँगनमा थुपार्नु भएछ र २-४ मुठी बदाम सबैलाई हातमा पार्दै भन्नुभएछ, “तिमीहरुले ऐलेसम्म नखाएको फल ल्याएको छु, लौ, चाख!”

सबैले मिठो मानी मानी स्वादले चपाएर खाएछन्।

सबैको भागमा २/४ वटा बदाम बाँकी रहेको बेला भन्नुभएछ, “अब हातले हल्का दबाई बोक्रा छोडाएर भित्रको दानामात्र खाऊ त ! अझ मिठो हुन्छ !”

वहाँ मेरो हजुरबाका साक्खै फुपूका छोरा हुनुहुन्छ, मणिराम पौडेल ।मलाई उटपट्यांगे मुन्छे औधि मन पर्छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।