काठमाडौं। चर्चित नायिका केकी अधिकारीको अभिनय रहेको ‘ठेकीभित्र मदानी’ बोलको गीत सार्वजनिक भएको छ। भिडियोमा केकीलाई विजु कार्कीले अभिनयमा साथ दिएका छन्।

गीतमा चर्चित गायिका अञ्जु पन्त र गगन सरगमले स्वर दिएका छन् । गगनले यसअघि तिम्रो मनको माझमा, प्रेमको भिखारी र शंका नगरजस्ता चर्चित गीत गाएका छन्।

ठेकीभित्र मदानीको शब्द रचना कपिल कस्पालले गरेका हुन। सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको भिडियोको छाँयाकंन नवराज उप्रेतीले गरेका छन्। भिडियोका निर्देशक सुव्रतराज आचार्यले हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।