काठमाडौं।अहिले कोभिड १९ (कोरोना भाइरस) विरुद्ध मुलुक लडाइँमै उत्रिएको छ।

यो समय जनजीवन घरमै बितिरहेको छ। यस्ता अवस्थामा कतिपयले मानसिक समस्याको सामना गरिरहेका छन्।

परिवारसँग रमाइलो वातावरणमा बस्ने बानीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवी शाक्य कोरोनाका कारण मानसिक समस्या पनि बढेको बताउँछन्।

तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक भएको भन्दै उनी भन्छन्, “पहिलेदेखि चिन्तामा रहेकालाई यस्तो बेला समस्या पर्न सक्छ।”

कततिपयले मानसिक अवस्थामा आएको समस्या समाधान गर्न मदिरा सेवन पनि गर्ने गरेको उनको भनाइ छ।

यस्तो बानी ठीक नभएको उनको सुझाव छ। आफूले हालै गरेको उपचार सम्झँदै डा। डा. शाक्यले भने, “२१ वर्षे एक युवकले आफूलाई पनि कोरोना लाग्छ भनेर घरभरि सामान फाल्ने गरेपछि परिवारले अस्पताल ल्याएको र परामर्शपछि घर लगे।”

कोरोना लाग्नेबित्तिकै मानिस मर्छ भन्ने भ्रमले पनि मानसिक समस्या आउने गरेको उनको अनुभव छ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।