वाशिङटन। अमेरिकी नायक एक्टर मार्क हामिलले आफ्नो फेसबुक एकाउन्ट हटाएको घोषणा गरेका छन्। फेसबुकले राजनीतिज्ञहरूलाई विज्ञापन गर्न दिएको र उनीहरूले झूटो कुरा गर्ने भन्दै उनले आफ्नो एकाउन्ट हटाएका हुन्।

उनले ट्वीट गर्दै फेसबुकका प्रमुख मार्क जुकरबर्गले विश्वसनीयतालाई भन्दा पनि फाइदालाई महत्व दिएको आरोप लगाएका छन्। फेसबुकको विज्ञापन नीतिका सम्बन्धमा उनले असहमति जनाएका छन्।

फेसबुकले हमिलको भनाइका बारेमा कुनै टिप्पणी गरेको छैन। हमिलले विश्वसनीयतालाई भन्दा पनि नाफा खोज्ने काम भएको भन्दै आफूले फेसबुक डिलिट गर्ने निर्णय गरेको जनाएका छन्। उनले फेसबुक चलाउनु भन्दा राति राम्रो सँग सुत्नु सही हुने समेत उल्लेख गरेका छन् । (बीबीसी)

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।