एजेन्सी। भारतको ओडिसामा एउटा अनौठो घटना भएको छ। ओडिसाको गंजाम जिल्लामा अन्तिम संस्कारका लागि लगिएको मुर्दा अचानक उठेर चितामा बसेको यो घटना अहिले भारतमा निकै चर्चामा आएको छ।

शवलाई जलाउन गएकाहरु चाहिँ मुर्दा अचानक चलमलाउन थालेपछि भूत भन्दै डराएर भागेका थिए। तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सकलाई खबर गरे। उनीहरुले मृत भनिएका ती व्यक्ति सीमान्चक मलिकलाई अस्पतालमा पुर्याए। अहिले ती व्यक्तिको स्वास्थ्य स्थीर भएको त्यहाँका चिकित्सकले भारतीय मिडियालाई बताएका छन्।

शनिबार जंगलमा बाख्रा चराउन गएका मलिक आइतबारसम्म घर नआएपछि खोज्न गएका व्यक्तिहरुले उनी मृत भएको भन्दै घाटमा पुर्याएका थिए। उनलाई ज्वरो आएका कारण उनी बेहोस भएको चिकित्सकहरुले बताएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।